- चितवन, असार २२-
चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन ।
माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा उपचार पछि घर पठाइएको छ । अहिले हात्ती जङ्गल तर्फ गएको प्रहरीले जनाएको छ ।


