- साजन रेग्मी
वाद भनेको के हो?
आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित, सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त हो।
हामी दशकौँ देखि ‘वाद’ बहसमा अल्झिएका छौँ । विद्यमान बेथिति ‘वाद’कै नतिजा हो भन्निछ, अर्को कुनै ‘वाद’ अंगिकार गरिए सारा समस्या छुमन्तर हुन्छन् जस्तो विश्लेषण गरिन्छ ।
भारतमा आम आदमी पार्टी ‘वाद’को बहसमा अलमलिएको देखिएन । गभर्नेन्स, डेलिभरीलाई मूलमन्त्र बनाए, सफल पनि देखिन्छन् । अब पनि हामी ‘वाद’कै गोलचक्करमा घुमिरहने कि उदार लोकतान्त्रिक राजनीतिक प्रणालीभित्र गभर्नेन्स, डेलिभरीलाई मूलमन्त्र बनाएर अघि बढ्दै सामाजिक न्यायतिर लम्किने कि?




