- बीरगन्ज,४ साउन
पर्साको बीरगन्ज महानगरपालिका स्थित एक नर्सिक क्याम्पसका ५ जना छात्राहरुमा कोरोनाको संक्रमण देखिएको छ । त्यसै अर्का एक जना महिला चिकित्सकमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छ ।
नाारायणी अस्पतालको पिसिआर परिक्षण प्रयोगशालामा मंगलवार ३४ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितह सबै जनाकाे अवस्था अहिले समान्य रहेको छ ।
एकै दिन ६ जनामा संक्रमण पुष्टि भएपछि त्यसलाइ मध्यनजर गरि नारायणी अस्पतालमा १७ शैयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । बीरगन्जमा शुन्यमा झरेको कोरोना फेरी बढन थालेपछि बीरगन्जमा पनि सुरक्षा सतर्कता अपनु पर्ने बिज्ञहरुले सुझाव दिएको छ ।




