- वीरगञ्ज ६ साउन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर हिजो बिहीबार साँझ मृत्यु भएको छ ।
खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




