- एस.एस पटेल, माडी ।
वाग्मती प्रदेशको चितवन जिल्लामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको माडी नगरपालिका वडा नम्वर ४ स्थित खेतमा घोप्टो परेको अवस्थामा ३५ बर्षीय शम्भु महतोको शव फेला परेको हो ।
शव परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । शरीरमा कुनै संकास्पद चोटपटक नरहेको र घटनाको थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।




