- १६ साउन, जनकपुरधाम ।
महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।
तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए ।
सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको र थप विवरण पछि संकलन गरिने डीएसपी रावलले बताए ।



