- एस.एस. पटेल, बारा ।
चितवनको राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा फेला परेको छ । उनको शव निजगढ वडा नं.७ स्थित वन क्षेत्र नजिक शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा भेटिएको उनको मोबाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय बाराले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



