जीतपुरमा खुल्यो हाम्रो पुस्तक पसल एण्ड स्टेशनरी

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हाम्रो पुस्तक पसल एण्ड स्टेशनरी नामक पसल संचालनमा अएको छ । जीतपुरक‍ो पहाडी टोलको मुख्य चोकमा पसल संचालन गरिएको हो ।

हाम्रो पुस्तक पसल एण्ड स्टेशनरीका संचालन अमित गुप्ताका अनुसार पुस्तक र स्टेसनरी समान खरिदका लागि बकुलिया, नगौल र पहाडी टोलका विद्यार्थीहरूलाई सजिलो हुने गरि पुस्तक पसल संचालन गरिएको बताउनु हुन्छ ।

पहाडी टोल जीतपुरको दोस्रो मुख्य चोकको रूपमा अघि बढिरहेको छ । बकुलिया, नगौल र पहाडी टोलका विद्यार्थीहरूलाई जीतपुर बजार भन्दा पहाडी टोल निकै नजिक पर्ने गर्छ ।

पहाडी टोलको ५०० मिटर भित्रै करिब ५ वडा विद्यालयहरू छन् तर पुस्तक पसल नभएको हुनाले विद्यार्थीहरूलाई १ किलोमिटर हिडेर बजार पुग्न पर्ने बाध्यता थियो । पहाडी टोलमा पुस्तक पसल संचालन भए पनि त्यहा र वरिपरिमा विद्यार्थीहरूलाई सहज हुने संचालकको भनाइ छ ।