- काठमाडौँ, साउन २०-
१६५ निर्वाचन क्षेत्रको भागबण्डा भदौको पहिलो साताभित्र मिलाउने सत्तारुढ पाँच दलीय गठबन्धनले बताएको छ ।
सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।



