- साउन २० , काठमाडौं ।
घनश्याम लामिछानेले निर्देशन गरिरहेको फिल्म ‘लण्डन टु पेरिस’ सुटिङ तालिकाअन्तर्गत बेलायतको भाग सकिएको छ । निर्माता अमित बस्नेत, सनिस खकुरेल, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने, साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का लगायत कलाकार एबम प्राबिधिकहरुले शुटिङ सकिएपछी केक काटेर लन्डन छायांकन सफलता पुर्वक सकिएको खुसी मनाएका थिए।
केक काटे लगत्तै कलाकार एबम प्राबिधिक सहितको टिमलाई नेपाली रेस्टुरेन्टमा रात्री भोज दिइएको थियो। २३ दिनको छायांकनमा लन्डनको भाग सकिएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए।बाँकी छायांकन फ्रान्सको राजधानी पेरिससहित आसपास हुने जनाइएको छ ।
लन्डनमा बस्ने युवा युवती को प्रेममय उतारचढाव समेटिएको फिल्म “लन्डन टु पेरिस” रोम कम ड्रामा को यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुदैछ। फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष श्रेष्ठ, लोक बिक्रम मल्ल, रुस्मा थापा का साथै लन्डनमा बस्ने नेपाली र इन्डियन कलाकारहरुले अभिनय गर्दैछन्।
फिल्ममा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन मगरले संगीत दिएका छन भने लङिनस फर्नाडेसको कोरियोग्राफी छ। सुनिल गौतमको हेयर र श्रीङार अनि आबेद परवको छायांकन, फिरोज खड्का को मुख्य सहायक निर्देशन रहेको छ।



