चितवनको भरतपुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

  • चितवन, साउन २०–

चितवनमा हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाँस काट्न जाँदा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया वि.क.को मृत्यु भएको हो । घाँस काट्ने क्रममा वि.क.लाई मध्यन्न १२ बजेको समयमा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । ती महिलासहित १०/११ जनाको टोली घाँस काट्न दक्षिणकाली सामुदायिक वन गएको थियो ।

ईलाका प्रहरी कार्यालय, गीतानगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले मुचुल्काको काम सम्पन्न गरी शव भरतपुर सरकारी अस्पताल पठाएको छ ।