मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रद्द

  • वीरगञ्ज २६ साउन ।

मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रोकिएको छ । संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नदिएपछि भ्रमण रोकिएको अर्थ मन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । चुनावको मिति घोषणासँगै संघीय सरकारले निर्णय नगरेका काण भ्रमण रोकिएको साहले बताउनुभयो ।

असार ३१ गते प्रदेश सरकारले मन्त्रिपरिषदबाट यूरोप भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टोली रातो पास्पोर्ट र भिसा आवेदनको लागि साउन पहिलो साता काठमाडौं पुगेको थियो । साउन ६ गते ती टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव अघि प्रहरी समायोजनका लागि ज्ञापनपत्र बुझाएको थियो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा (एमाले)की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादव लगायतको टोली यूरोप भ्रमणमा समावेश थिए । यसअघि पनि मुख्यमन्त्री राउत केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अमेरिका जाने तयारी गर्नुभएको थियो । त्यति बेला पनि संघीय सरकारले सिफारिस नगर्दा मुख्यमन्त्री राउत अमेरिका जान पाउनुभएको थिएन । Source: Yatra Daily