चर्को करको विरोधमा जीतपुरमा शान्तिपुर्ण विरोध र्याली

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको चर्को करको विरोधमा शान्तिपुर्ण विरोध र्याली निकालिएको छ । उपमहानगरले विभिन्न किसिमको करमा चर्को कर लगाएको भन्दै सोही उपमहानगरको वडा नम्बर ७ का व्यापारीहरुले विरोध रयाली निकालेका हुन ।

यता विरोध रयाली कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले उपमहानगरले कार्यापालिकाको बैठकको निर्णय विपरित कर बढाएको आरोप लगाएका छन । उनको अनुसार उपमहानगरपालिकाको फुतपाथ पसल संग विगतमा दिनको २० रुपैया उठाउदै आएको थियो र यस वर्ष कार्यपालिकाको बैठकबाट सबै कार्यपालिका सदस्यहरुको सहमतिमा सो मुल्यलाई ५ रुपैयाले वृद्धि गरेर २५ रुपैया गरिएको थियो तर कार्यनयन हुदा सो मुल्य वृद्धि भएर ३५ रुपैया गरिएको छ ।

वडा अध्यक्ष गुप्ताको अनुसार कार्यपालिकाको बैठकको निर्णय विपरित गएर मेयरले एकलौटि ढंगले करमा आफनै मनपरि वृद्धि गरिरहेका छन । फुतपाथ साथै र्यालीमा उपमहानगरको अधिनमा रहेको सरकारी सटरहरुको भाडा दर र १००० प्रतिशत सम्पती करको विषयमा पनि विरोध गरिएको बताएका छन ।