चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

  • रौतहट, साउन २६ ।

रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ३ का २१ वर्षका चन्दन पटेल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको टोलीले विशेष सूचनाको आधारमा गत २४ गते पटेलले चलाउँदै गरेको बा.७४ प ५५२५ नम्बरको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

पटेलमाथि चोरी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए ।