कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान

डेस्क ।

पर्सा जिल्लामा रहेको वीरगञ्ज कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान भएको छ । रूङगटा वेल फेयर सोसाइटी वीरगञ्जले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा पिउने पानीको मेशिन जडान गरेको हो ।

ग्रिनसिटी आदर्शनगरका संस्थापक स्वर्गीय सुशील खेतानको स्मृति दिवसको दिन सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

चिसो खानेपानीको मेशिन जडानको लागि आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अअधिकारी उमेश कुमार ढकाल, रुङगटा वेल फेयर सोसाइटीका अध्यक्ष सुरेश रुङगटा, वीरगञ्ज कारागारका जेलर कृष्ण गैरे, प्रहरी नायव उपरिक्षकद्वय दिपक गिरी र निर्मल बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन थापा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, महेश सिंह धामी, दिलीपराज कार्की लगायतको सहभागिता रहेको थियो ।