रौतहटमा चट्याङ लागेर ३ महिलाको मृत्यु, ४ जना घाइत

रौतहट १४ भदौ ।

मधेस प्रदेशको रौतहट जिल्लामा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको भने चार जना घाइते भएका छन् । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ३ मा चट्याङ खस्दा तीनको मृत्यु र चार जना घाइते भएका हुन ।

मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन् । अन्य चार जनाको गौर अस्पतालमा उपचार भइरहेको मल्लले बताए ।