डेस्क, असोज १२
होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन हुनुभएको छ । बाराको सिमरामा आज भएको संघ बाराको पाचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो ।
अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यि नया“ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्मिला शाह, बिमलराज भारती, सुशीला के.सी, अजय जर्गा मगर, युव प्र. गौतम, सोममाया रुम्बा, कर्ण बहादुर कार्की, ज्ञानेन्द्र कार्की, फुलमाया रुम्बा, मुन्नालाल साह कलवार, बिनोद प्रसाद जैसवाल र रामकृष्ण घिमिरे चयन हुनुभएको छ ।
यसैगरी होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रलाद उप्रेती चयन हुनुभएको छ । सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभाले उप्रेतीको अध्यक्षतामा ९ सदस्यि नया“ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बिनोद जैसवाल, सचिवमा शम्भु खड्गी, कोषाध्यक्षमा मिरा थापा चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा मनोज प्रसाद गुप्ता, बिनिता रेग्मी, ज्ञानेन्द्र कार्की, हरिहर श्रेष्ठ र प्रेम ठकुरी चयन हुनुभएको छ । यसैगरी संस्थाको लेखा समिति संयोजकमा लक्ष्मण अधिकारी चयन हुनुभएको छ । लेखा समितिको सदस्यहरुमा सुर्य लामा र सुस्मित गौतम चयन हुनुभएको छ ।
सर्वसम्मत चयन भएका होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुले आजै सपथ ग्रहण गरेका छन् । उहाहरुलाई निर्वाचन कमिटिका नवराज न्यौपानेले सपथ खुवाउनुभएको थियो । सपथ ग्रहणअघि होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार युवराज लामा र संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई टिका र खादा लगाएर बधाई दिनुभएको थियो ।
सपथ ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अर्जुन लम्सालले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संघको गतिविधिलाई चुस्त दुरुस्त बनाउन आफु सक्रिय हुने भन्दै उहाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार युवराज लामा र संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो ।



