झापाको कमल गाँउपालिका-३ मा स्कारपियोको ठक्कर बाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
कमल गाँउपालिका वडा नम्बर–३ सानो केर्खास्थित पूर्व पश्चिम राजमार्गमा विहीबार बेलुका करिब ८ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिदा दर्जीको घटनास्थलमै मृत्यु भएको हो ।
स्कारपियो र चालकलाई भने नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुशासन भईइरहेको केर्खा प्रहरी चौकीका प्रमुख असई राजेश श्रेष्ठले जानकारी दिनुभएको छ ।




