आमाको नागरिकताबाट सन्तानलाई नागरिकता दिने सरकारको निर्णय

सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

नेपालमा अहिले ४ देखि ५ लाखसम्म व्यक्तिहरु नागरिकता विहिन छन् । उनीहरूका लागि सरकारले ल्याएको अध्यादेशका कारण नागरिकता बनाउने बाटो खुलेको छ ।