बारा, कार्तिक २३ गते ।
मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहालाई चुनाव अघिनै मतदाताहरुले जितको टिका लगाएर बधाई दिएका छन् । कुशवाहाको घरदैलो क्रममा क्षेत्रबासीले उनलाई जितको टिका लगाएका हुन ।
उम्मेदवारी दिए संगै निकै चर्चामा रहेका सन्तोषले एकलै दुई ठुला दल एकपा एमाले र माओवादी केन्द्रलाई टक्कर दिरहेका छन् । बाराको सबै भन्दा कान्छो उम्मेदवारको रुपमा पनि चिनिएका सन्तोष मंसिर ४ को लागि आफुनो लौरो चुनाव चिन्ह लिएर मतदाताको घरदैलोमा गइरहेको छन् ।
सन्तोषले पहिलो पटक चुनावी मैदानमा उत्रिएर दुई ठेला दललाई टक्कर दिएर जनताको मन जित्दै आफ्नो भोटबैंक बढाई रहेको छन् ।



