काठमाडौँ, कात्तिक २४-
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् ।
आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओली बौलाएर हिँडेको टिप्पणी दिएका हुन् । उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको समेत धारण व्यक्त गरेका थिए ।
उनले भने,‘ केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । ’



