कलैयाको २ बालक हत्या प्रकरणको हत्यारा पक्राउ, आमाको प्रेमिले हत्या गरेको खुलासा

  • एस.एस. पटेल, बारा ।

बारा जिल्लाको कलैयामा दुई दाजुभाईको हत्या गर्ने हत्यारालाई बारा प्रहरीले पक्राउ गरेको छ । घटना भएकै दिन बारा प्रहरीले एक जना पक्राउ गरेको थियो ।

पक्राउ परेका कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारीले नै दुई दाजुभाईको हत्या गरेको पुष्टि गर्दै प्रहरी आइतवार उनलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता (डिएसपी) गौतम मिश्रका अनुसार अन्सारीले दुवै बालकहरुको हत्या गरेको स्वीकार गरेका छन् ।

गत जेठ ४ गते मंगलबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङ्गपुरस्थित बन्दै गरेको मदरसा सल्फिया कञ्जुल उलुममा सोही वडाका अब्दुल गफार अन्सारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव प्रहरीले घाँटी रेटिएको अवस्थामा बरामद गरेको थियो ।

एकदिन अगाडी साँझको समयमा घरबाट खेल्न निस्केका उनीहरु रातिसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । त्यसपछि अर्कोदिन उनीहरुको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

घटनालगत्तै प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको नेतृत्वमा हेटौँडाबाट तालिम प्राप्त कुकुर बोलाएर ९ सदस्यीय अनुसन्धान टोली गठन गरी छानविन सुरु गरिएको थियो । प्रहरीले सोही दिन शङ्काको आधारमा अन्सारीलाई पक्राउ गरेपनि अनुसन्धान पूरा नभएका कारण उनलाई सार्वजनिक गरिएको थिएन । प्रहरी अनुसन्धानमा बालकहरुको हत्याको कारण अन्सारीको एकतर्फी प्रेम र आर्थिक लेनदेन भएको भेटिएको छ । डिएसपी मिश्रका अनुसार बालकहरुको आमा र अन्सारी बीच विवाहेतर सम्बन्ध रहेको पाइएको छ । सोही सम्बन्ध बाहिरिने डरले अन्सारीले बालकहरुको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

बालकहरुको आमा र अन्सारी भागेर जाने योजना बनाएपनि बालकहरु त्यसमा बाधक देखिएको प्रहरीको भनाई छ । बैदेशिक रोजगारका सिलसिलामा बाहिर रहेका उनीहरुका बुवा ईदमा घर आउँदा दुवैको सम्बन्धका बारेमा सबै कुरा बताईदिने उनीहरुहरुले धम्कीसमेत दिएकन थिए ।

पक्राउ परेका अन्सारीले हत्या भएका बालकहरुको आमाबाट ऋणसमेत लिएको प्रहरी अनुसंधानमा खुलेको छ । पछिल्ला दिनहरुमा मृतक बालकद्वयकी आमा अभियुक्तबाट टाढिदै गएको अवस्था र मृतक दाजु भाइको बुवा बिदेश बाट पठाउने ऋण पचाउने उदेश्यले हत्या गरिएको अनुसन्धानमा खुलेको डिएसपि मिश्रले बताउनु भयो ।

मृतकका बुवा रोजगारीको लागी बिदेशमा छन् । अभियुक्तले र मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता नगरेको, घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाई नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन मृतहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझपख बच्चालाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई हत्या गरी छाडेको अनुसन्धानमा खुलेको बारा प्रहरीले जनाकारी दिएको छ ।