राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता संशोधन अध्यादेश जारी गरिएको छ । राष्ट्रपतिले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश आएको हो ।  यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउने छन् ।

साथै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको छ । यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

२०७८ वैशाख ६ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली आमाका सन्तानहरूलाई नागरिकता दिने निर्णय गरेको थियो । बैठकले जन्मसिद्ध नागरिकता पाएका आमाबुवाका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

नागरिकतासम्बन्धी अध्यादेशमा के छ ?