बाराको सिमरामा सवारी दुर्घटना: पहिचान नखुलेको एक पुरूषको मृत्यु

बारा, पुस २१ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा लहरी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो ।

सिमराको जगदम्बा स्टील्स् अगाडी हिजो बुधवार राती दुर्घटना भएको थियो । वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा पहिचान नखुलेको एक पुरुषको मृत्युभएको हो ।

घटनामा गम्भिर घाईते भएका उनको अस्पताल लैजाने क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव वीरगन्जस्थित नारायणीअस्पतालमा राखिएको छ ।