सिमरामा प्रतिगमनको विरूद्धमा प्रदर्शन, प्रम ओलि र राष्ट्रपतिको पुत्ला जलाईयो

  • एस.एस. पटेल, बारा ।

बाराको सिमरामा प्रतिगमनको विरूद्धमा प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति विद्यया देवि भण्डारीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेस निकटका नेविसंघले हिजो सोमबार साझ मसाल जुलुसको आयोजना गरि पुत्ला दहन गर्दै विरोध जनाएको हो ।

संत‍ोश कार्किको अध्यक्षतामा आयोजना गरिएको उक्त विरोध र्यारीमा प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद सहितको नारा लगाउदै सिमराको नेपाल टेलिकमबाट सिमरा चोक सम्म र्यालि लयाईएको नेविसंघ जीतपुरसिमराका नगर अध्यक्ष अजित खतिवडाले जानकारी दिनुभयो । सिमरा चोकमा प्रहरीले आन्दोलनमा हस्तक्षेप पनि गरेको खतिवडाले बतउनुभयो ।

संसाद विघटन असंवैधानिक, अलोकतान्त्रिक र गैरराजनीतिक रहेको भन्दै आफुहरू यसको विरोध गरेको नेवि संघ जीतपुरसिमराका नगर अध्यक्ष खतिवडाले बताए । देशमा राष्ट्रपति र प्रधानमन्त्री एकलौटी ढङ्गले आफ्नै पनपरि गरिरहेको विपक्षी पक्षहरूले आरोप लगाउदै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि जेष्ठ ७ गते दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएकी थिन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी थिन ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सोही मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाई संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी थिन ।

प्रतिनिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र गैरराजनीतिक रहेको भन्दै विपक्षी दलहरूले सर्वोचमा रिट समेत दर्ता गराएका छन् ।