विरगञ्जमा अस्पतालको लापरवाही र दादागिरिले एक शिक्षकको गयो ज्यान

  • एस.एस. पटेल, बारा ।

विरगञ्जमा अस्पतालको लापरवाहि र दादागिरिले बाराको जीतपुरका शिक्षक विनोद मिश्राको मृत्यु भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गरिएको भन्दै उनका छोरा आदर्शक मिश्रले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेको छोरा आदर्शले बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-६ नगौल स्कुलका प्रअ विनोद मिश्र मिर्गौलाको  विरामी थिए उनी विरगञ्ज स्थित नेशनल मेडिकलमा डायलिसिस गराउदै आएका थिए तर उनको अक्सिजल लेवल कम देखे पछि नेशनल मेडिकलले उनको कोभिड रिपोर्ट माग्यो परिवारले हामी कोभिड रिपोर्ट दिन्छौ तपाईं डायलिसिस गर्दिनु तर मेडिकलले याँहा कोरोना विरामीको लागि डायलिसिस सुविधा नभएको भने पछि उनको वरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा डायलिसिस गराउन थालिएको थियो । नारायणी अस्पतालको डायलिसिस मेसिन अचानक खराब भयो तर अस्पतालले उक्त मेसिन बनाउन यहाँ कुनै प्राविधिक नभएको र प्राविधिक पोखराबाट आउनुपर्ने भन्दै मिर्गौला विरामिको डायलिसिसमा समस्या देखिन थाल्यो र अस्पतालको लापरवाहिले मेसिन विग्रेकै अवस्थामा थन्कियो ।

यता नेशनल मेडिकलमा डायलिसिस मेसिन हुदा हुँदै पनि नेशनल मेडिकलको दादगिरिका कारण डायलिसिस गर्दैन । यसैविच जीतपुरका शिक्षक विनोद मिश्रको डायलिसिस नहुदा मृत्यु वरण गर्नु गरेको उनका छोराले बताए । यसरी विरगञ्जको अस्तालको लापरवाहि र दादागिरिले अझ धेरै विरामिको ज्यान जान सक्ने मृतकका छोरा आदर्शको भनाई छ ।