जीतपुरसिमराद्धारा संचालित व्यवसायिक तथा सिप विकास तालिमको अनुगमन

  • एस.एस. पटेल,

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र जीतपुरसिमरा उपमहानगरको साझेदारीमा संचालित विभिन्न सिप मुलक ब्यवसायीक तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाले अनुगमन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाशं वडामा संचालित यस तालिममा सिलाई कटाई, मोबाईल मर्मत, ब्युटिसियन तालिम, कपडाको जडी भर्ने, कुसन डल तथा सजावट साम्रगी, ढाका बुनाई लगाएतको करिब ४७ शिर्षकमा १३ ओटा संस्थाले कार्यक्रम संचालन गर्दै आएका छन् ।

कार्यक्रम संचालन तथा अनुगमनको अधिकार पाएको यस व्यवसायिक तथा सिप विकास तालिमलाई प्रभावकारी बनाउन नगरपालिले बुधवार अनुगमन गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेलको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन टोलीमा समाजीक विकास शाखाका प्रमुख दुर्गा न्योपाने, सहायक हरिकिशोर साह लगाएत संचारकर्मिको सहभागीता रहेको थियो ।
तालिम संचालन हुदै गरेका वडा नम्बर ४, १२, १३ र १५ का ५ स्थानमा टोली पुगेर अुनगमन गरेको हो । अनुगमनको क्रममा सहभागीहरुले आफुहरुलाई तालिम संचालन गरेको संस्थाले कुनै किसिमको कमि नगरेको बताएका छन् ।

तालिममा सहभागी वडा नम्बर १३ पोताकी पुतली कुमारी चौधरीले मेसिन चलाउन समेत नआउने आफु सिलाईकटाई तालिममा सहभागि भएपछि कटु, भोटो, मेक्सि, ब्लाउज, मेडि लगाएतको लुगाकपडा सिलाउन सिकेको बताउनुभएको छ । तालिमका साथै खाजापनि पाईने भएको कारणले आफुहरु घर जान नपरेको र शिकाईपनि राम्रो भएको बताउनुभयो ।

यसैगरी वडा नम्बर ४ औराहाका पवित्रा दहालले बैशाख २० गतेबाट संचालनमा रहेको ब्युटिसीयन तालिममा प्रशिक्षकले आफुहरुलाई राम्रोसंग सिकाइरहको बताउनुभएको छ । उहाँले लेभल २ पनि आफुहरुलाई अब सिक्न मन लागेको भन्दै त्यसको ब्यवस्थापनपनि आउदो आर्थिक वर्षमा गर्न अनुरोध गर्नुभयो ।

यसैगरी वडा नम्बर ४ मै संचालित तालिम कुशल डल तथा सजावटको समाग्री बनाउने तालिमकी सहभागी सबिता राईले तालिम प्रभावकारि भएको बताउनुभएको छ । उहाँले प्रत्येक दिन तालिम संचालकले खाजा दिने गरेको र पुरै समय तालिम दिएकै कारण आफुहरु धेरै कुरा बनाउन सिकिसकेको जानकारी दिनुभयो ।

अनुगमनको क्रममा सहभागीहरुलाई प्रशिक्षकले तालिम दिएको र कुनैपनि किसिमको कमि नभएको पाइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताउनुभएको छ ।

उहाँले एक संचारमाध्यमले गलत सममाचार प्रशारण गरेर कार्यक्रम नै संचालन नभएको र खाजा समेत नदिएको झुठो समाचार प्रकाशण गरेको भन्दै आफु तालिम संचालन भएकै स्थलमा पुगेर अनुगमन गर्दा त्यसतो नपाएको बताउनुभएको छ ।

नगरपालिकाले सिलाई कटाई, मोबाईल मर्मत, ब्युटिसियन तालिम, कपडाको जडी भर्ने, कुसन डल तथा सजावट साम्रगी, ढाका बुनाई लगाएतको करिब ४७ शिर्षकमा २४ ओटै वडामा कार्यक्रम सञ्चालन गरेको छ ।

अनुगमनको क्रममा लगभग सम्बन्धित वडाका जनप्रतिनिधीहरुले तालिममा कुनै समय नरहेको र नियम पुर्वक तालिम संचालन हुदैँ आएको वडा नम्बर १२ फतेपुरका वडा सदस्य सोमनाथ रिजालले जानकारी दिनभयो ।

उहाँले आफ्नो वडामा संचालित तालिमको रेखदेख गर्ने जीमेवारी वडाको समेत भएकोले आफु बेला बेलामा तालिम संचालन भएनभएको हर्ने आउने गरेको बताउदैँ तालिममा कुनै समस्या नभएको बताउनुभयो ।