- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करिब २१ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण भईरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा स्तरिय वजेट बाट रू २० लाख ९३ हजार २०० र उपभोक्ताबाट करिब २ लाख २८ हजार ७८०.९० रकम बराबरको श्रमदान गरि अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भईरहेको छ ।
२०७८ बैसाख ३१ गते योजनाको जिम्मा लिएर उपभोक्ता समितिले २०७८ असार २० गते काम सम्पन्न गर्न जिम्मा लिएको थियो तर अहिले सम्म भवनको जगको काम मात्र सम्पन्न भएको छ । तोकिएको समयमा काम सम्पन्न हुने शून्य प्रतिशत पनि सम्भव छैन । उपभोक्ता समितिले शौचालय निर्माणको जिम्मा लिएर काम अघि बढाई सकेपछि पनि विभिन्न किसिमको समस्या सिर्जना भई काम समेत रोकिएको थियो ।
यश विषयमा सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश गिरि संग काममा किन ढिलाई भयो भनेर प्रश्न गर्दा लकडाउनको कारण ठेकेदार र लेवर काम गर्न नमान्ने लगायतको कारणले काम तोकिएको समय भन्दा ढिलाई हुन गएको बताउनु भएको छ । साथै जग्गामा पनि विभिन्न किसिमको विवाद भएको कारण समय समयमा काम रोक्नु पर्ने बाध्यता पनि आएको कारण काममा ढिलाई हुन गएको अध्यक्ष गिरिको भनाई छ ।
शौचालय निर्माण उपभोक्ता समितिका सचिव तसौवर हुसैनले अब सबै समस्या समाधान भईसकेको र शौचालयको काम तिब्रगतिमा भईरहेको भन्दै तोकिएको समय भन्दा थोरै समय बढि लाग्न सक्ने बताउदै छिटैनै जीतपुरको सार्वनजिक शौचालय बन्ने विश्वा लिएको बताउनु भएको छ ।
भिडियो लिंक



