जीतपुरमा ट्रकको ठक्करबाट एक जना गम्भीर घाईते

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्रकले ठक्कर दिदा एक पैदल यात्रु गम्भीर घाईते भएका छन् ।

विरगञ्ज तिर बाट पथलैया तर्फ जाँदै गरेको प्रदेश ०३-००१ख११२८ नम्बरको १० चके मालबाहक ट्रकले करिब ९ बजे राति जीतपुरमा पहिचान नखुलेको एक व्यक्तिलाई ठक्कर दिएको हो ।

ठक्कर बाट गम्भीर घाईते भएका व्यक्तिको सिमरा स्थित अलपाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य चालक फरार भएका छन् ।

थक विवरण आउन बाकि रहेको ईलाका प्रहरी कार्यालय सिमराले बताएको छ।

यो पनि पढ्नुहोस् 

बाराको जीतपुरमा ट्रकको ठक्करबाट गम्भीर घाईते भएका पुरूषको मृत्यु

पूरा न्युजको लिकं: https://jankarinepal.com/745/