बाराको जीतपुरमा ट्रकको ठक्करबाट गम्भीर घाईते भएका पुरूषको मृत्यु

  • एस.एस. पटेल,

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्रकले ठक्कर दिदा गम्भीर घाईते भएका पुरूषको मृत्यु भएकाे छ ।

विरगञ्ज तिर बाट पथलैया तर्फ जाँदै गरेको बाग्मती प्रदेश०३-००१ख११२८ नम्बरको मालबाहक ट्रकले राति करिब ९ बजेको समयमा जीतपुरमा अन्दाजी २५ वर्षिय राजन रौनियारलाई ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाईते भएका जीतपुरका रौनियारको सिमरा स्थित अलपाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रकका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य चालक फरार भएका छन् । घट्नाको थक अनुसन्धान र फरार चालकको खोजि भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनजीत कुवरले बताउनु भएको छ ।