एन.एस आर्याको भर्सनमा चर्चित गित “बिरानो” सार्वजनिक [भिडियो सहित]

चर्चित नेपली गित “बिरानो यो मन्दिरमा” लाई “एन.एस आर्या”ले आफ्नो स्वरमा गाउनु भएको छ । यश कुमारको शब्द र आवाजमा रहेको उक्त सुपर हिट गितलाई आर्याले आफ्नो भर्सनमा निकालेका हुन ।

एन.एस आर्या भर्सन बिरानो गितमा आर्याले स्वयम संगित दिनुभएको छ साथै उनैले गितलाई संम्पादन समेत गर्नु भएको छ ।

गितको भिडियोमा धन्शेल कुमारको निर्देशनमा विक्रान्त चौहान र निखत प्रविनले अभिनय गर्नुभएको छ । निर्देशक कुमारले नै भिडियो संम्पादन समेत गर्नु भएको छ । बिरानो गितको भिडियोलाई भने जिबन चौधरीले क्यामेरामा कैद गर्नुभएको थियो ।

एन.एस. आर्याले आफ्नो भर्सनमा गाएको यो चर्चित गित चर्चित नेपाली फिल्म बाटो मुनिको फुलबाट लिईएको हो । यो गित यश कुमारको स्वरमा वर्षौ पहिलै सार्वजनिक भई सुपर हित भईसकेको गित हो ।

भिडियो:

https://youtu.be/fl_GQoP8bzs