- एस.एस. पटेल, बारा ।
बारामा असार १९ गते राति १५ बजे देखि लागू हुने गरि निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर तिब्र गतिमा निरन्तर सुधार भएको कारण असार १९ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको नयाँ आदेस अनुसार सबै किसिमको व्यवसाय बिहान ६ बजे देखि साझको ६ बजे सम्म स्वास्थ्यको मापडण्ड पालना गरि व्यवसाय संचालन गर्न पाउने छन् ।
साथै जिल्ला भित्र स्वास्थ्यको मापडण्ड पालना गरि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी पनि संचालन गर्न अनुमति दिएको छ, सार्वजनिक सवारी संचालन गर्दा सबैले अनिवार्य रूपमा मास्क र स्वास्थ्यको मापडण्ड पालना गर्नु पर्ने छ ।
यशअघिको निषेधाज्ञामा पसल विहन ६ बजे देखी दिउसोको ३ बजे सम्म खोल्न अनुमति दिएको थियो हाल यो नियम संसोधित गरि सबै किसिमका व्यावसाय बिहान ६ बजे देखि साझको ६ बजे सम्म स्वास्थ्यको मापडण्ड पालना गरि व्यवसाय संचालन गर्न अनुमति दिएको छ ।
नयाँ संसोधित निषेधाज्ञामा रेस्टुरेन्टको हकमा बिहान ६ बजे देखि साझको ६ बजे सम्म टेक अवे अर्थात समान लिने अनि जाने नियम लगाईएको छ । रेष्टुरेन्ट भित्रै बसेर खान मिल्ने छैन ।
नँया संसोधित निषेधाज्ञामा स्कुल, क्याम्पस, शैक्षिक संस्था भौतिक रूपमा उपस्थित गरि संचालन नगर्न विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति:




