जितपुरसिमरा नगरभित्र क्रिकेट टीमको लागि खेलाडी छनौट गरिने

बारा, माघ २२ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र क्रिकेट खेलाडी छनौट गरिने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर भित्र रहेका खेलाडीहरु संग अनुरोध गरेको हो।

हरपुर क्रीकेट क्लबले जिल्ला र प्रदेश स्तरमा समेत खेलाडी उत्पादन गरेर पठाउन सफल भएको र सोही अनुसार पुनः यहाँको खेलाडिले जिल्ला र प्रदेश बाट खेल्ने मौका पाउने उदेश्यले उपमहानगर भित्रका खेलाडिलाई छ्नौट गरेर एउटा टिम बनाउने क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताउनु भयो ।

प्रदेश स्तरमै निकै लोकपृय रहेको हरपुर क्रीकेट प्रतियोगिताको चौथो संस्करणको तयारी धमाधम भैरहेको छ । प्रतियोगिताको मिति भने हाल सम्म तोकिएको छैन । अध्यक्ष अन्सारीको अनुसार प्रतियोगिता फागुनको दोश्रो सता देखि गर्ने गरि तयारी भइरहेको छ।