रौतहटको नहरमा बोलेरो गाडी खस्दा एक जनाको मृत्यु ,एक जना बेपता

अखिलेश कुमार यादव । रौतहट ।

रौतहटमा बोलबम बोकेको बोलेरो गाडी नहरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपता भएको छ । रौतहटको नुनथर स्थित नहरमा उक्त बोलेरो गाडी नुन्थर बोलबममा जादै गरेको अवस्थामा खसेको हो । सोमबार बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको थियो ।

बलेरो नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै ज्यान गएको र सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ले ६५ वर्षीया सोनरी देवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिनु भएको छ ।

बलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिनु भएको छ ।