- एस.एस. पटेल, बारा ।
बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत १६ जना छात्रालाई साईकल वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ६ नगौलको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका शैक्षिक सत्र २०७७ का कक्षा ८ मा अध्यनरत १६ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभासदस्य सुन्दर विश्वकर्मा प्रमुख अथितिको रूपमा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर २ का प्रदेश सभासदस्य सुनदर विश्वकर्माले समुदायमा अहिले पनि छोरीहरूलाई घुम्टोमा राख्ने चलन कनयमै रहेको समयमा प्रदेश २ सरकारले विभिन्न किसिमको कार्यक्रम ल्याई छोरीहरूलाई घुम्टो बाट वाहिर ल्याउन प्रयास गरिरहेको बताउनु भएको थियो । साथै आज प्रदेश सरकारबाट पाएको साईकल पढाईकै लागि प्रयोग गर्न अनुरोध गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम निकैनै महत्वपूर्ण र भरपर्दो कार्यक्रम भएको बताएका थिए र प्रदेश सरकारबाट यस्ता यस्ता कार्यक्रम क्रमश आईरहनु पर्छ भन्ने उहाँले भनाई राख्नु भएको थियो । अध्यक्ष अंसारीले विधाथीहरुको शिक्षणमा सहयोग पुग्ने हरेक काममा आफु जहिले पनि अगाडि रहने पनि प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समाज सेवी चिरञ्जीवी भक्त पौडेल लगायत अथितिमा वुद्ध कुमारी अधिकारी, बविता माझी, विन्देश्वर सिंह, खुबलाल माझी, फैजुल्हक अंसारी, राजु सिहं, प्रतिमा कुमारी सिंह, विरेन्द्र सिंह, शिक्षक,विधार्थीहरूका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।




