लेखकः मनीर अंसारी,
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ द्वारा भब्य र सभ्य रुपमा आयोजना हुने प्रथम जीतपुरसिमरा मेला महोत्सव २०८०/१०/१८ गतेदेखि ३० गतेसम्म सहभागि भै ऐतिहासिक रुपमा सफल पारौ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.३ बजनी अन्तर्गत मालपोत कार्यालयको दक्षिण पट्टि रहेको मैदानमा महोत्सव गर्ने कुराले निकै ठूलो चर्चा पाएको छ । महोत्सव भन्नू नै उत्सव मनाउनु, खुशीयाली मनाउनु अथवा हर्षउल्लास वातावरणमा रमाउनु भन्ने नै हो । महोत्सव आफैमा गरिमामय तथा अत्यन्त गौरवको कुरा हो । तर आयोजक र जनताको धारणा चाहिँ फरकफरक छ ।
१. कृषि, पर्यटन, उद्योग सम्बन्धमा जनतामा चेतना जागृत गर्ने ।
२. मनोरञ्जन प्रदान गर्ने ।
३. एकापसमा भाइचारा बन्धुत्वको भावना जागृत गर्ने ।
४. आफ्नो ठाउँको पहिचान विस्तार गर्ने ।
५. महोत्सवबाट प्राप्त मुनाफाबाट कुनै सामाजिक कार्य गर्ने ।
६. मौलिक संस्कृतिको संरक्षण र संर्बद्धन गर्ने ।
जनताको धारणा र प्रश्न:-
विगत वर्षहरुमा पनि महोत्सवहरु भए । ती महोत्सवबाट केहीले मनोरञ्जन प्राप्त गरे त केहीले लाभ प्राप्त गरे होलान तर समाजमा खासै उपलब्धि भएको देखिदैन । विगत वर्षका महोत्सवमा कहिले आम्दानी भन्दा बढी खर्च देखाइयो, कहिले आयव्यय बराबर देखाइयो भने कहिले आम्दानी भएको पनि देखाइएको छ भन्ने सुन्नमा आउन्छ ।
करिब १०/१२ दिनसम्म महोत्सवले विद्यार्थीको पढाइमा अवरोध सिर्जना गर्छ र किताव कापी किन्ने पैसा महोत्सवमा खर्च गरेको पाइन्छ । महोत्सवमा बेकारै पैसाको नोक्सान भयो भन्ने कुरा जनताबाट व्यक्त भएको सुनिन्छ । कतिपय बौद्धिक वर्गले महोत्सवमा गीत सुन्न र नाच हेर्न बाहेक अध्ययन अनुसन्धान गर्न लायक कुनै विषय बस्तु नभएको गुनासो गर्दछन्, महोत्सवको उपलब्धि असन्तुष्टि भएको जनताको अनुभव छ ।
१. विगतामा भएको महोत्सवबाट त्यस ठाउँ र समाजलाई के फाइदा भयो…?
२. कृषि, पर्यटन उद्योग सञ्चालनमा चेतना वृद्धि भएर कहाँ के भयो…?
३. ठाउँको परिचय विस्तार गराउँछ भन्ने हो भने महोत्सवको कारण महोत्सव भएको ठाउँको नाम कुन कुन देशमा विस्तार भयो…?
४. महोत्सवबाट प्राप्त मुनाफा रकम कुन कुन सामाजिक कार्यमा लगाइयो…?
५. महोत्सवमा प्रदर्शित विभिन्न पाटा पक्षको अध्ययन अनुसन्धान के के भयो…?
महोत्सव मेलाबाट सम्भावित रुपमा हुनसक्ने विकृति विसंगति
प्रति सचेत हुन मेला आयोजक समितिमा हार्दिक अनुरोध छ ।



