- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको निरंजन होटल पुन: संचालनमा आएको छ । सटरको समस्याको कारण करिब १ महिना देखि बन्द रहेको निरंजन होटल नंया सटरमा आफ्नो व्यापार पुन: संचालन गरेको हो ।
निरंजन होटल जीतपुरको २ नम्बर गलिको चर्चित होटल थियो अहिले हाल उक्त होटेल जीतपुर तरकारी बजारको दक्षिण तर्फ सरेको छ । आज धार्मिक विधि अनुसार पुजा गरि होटेलको उद्घाटन गरिएको थियो ।
नंया ठाउँमा सरेको परानो निरंजन होटेलले आफ्नो खाना नास्ताको परिकारलाई झन बढाएको छ । पहिला नास्ताको सेवा मात्र दिदै आएको उक्त होटेलले अब खानाको पनि व्यवस्था गरेको छ ।
कुखुरा र खसिको फ्राई, ग्रेभि, सेकुवा, खशिको गोडि लगायतको परिकारमा राम्रो नाम कमाएको निरंजन होटेलले अब माछाको विभिन्न परिकार सहित र खानाको पनि व्यवस्था मिलएको छ।




