- एस.एस. पटेल, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालीका–३ का आक्रोशित स्थानीय आफ्ना प्रश्नको जवाफ माग गर्दै वडा कार्यालय पुगेका छन् । गाँउमा प्रदुषण फाल्ने उद्योगलाई झन विस्तार अनुमतिको सिफारीस दिए पछी स्थानीयहरु आक्रोशित बनेका हुन ।
गणपती वनस्पती प्रा.ली., सिमरा र नन्दन घ्यु एण्ड आयल ईन्डस्ट्रिज प्रा.ली.ले प्रदुषण फालेको भन्दै स्थानियहरु बारमबार वडा कार्यालयमा गुनासो गर्दा पनी वडाले नजरअन्दाज गर्दै आएको र गणपती वनस्पती प्रा.ली.लाई झन प्रोडक्सन विस्तार अनुपतिको सिफारीस दिएको स्थानीयहरुले बताएका छन् ।
वडा कार्यालय घेराउ गरेपछी वडाध्यक्ष जगन्नाथ घिमिरेसंग भोली विस्तृत छलफल गर्ने सहमती भएको पिडित स्थानिय नितेश घिमिरेले जानकारी दिनुभयो । भोली बस्ने बैठकका लागी स्थानियको तर्फबाट १५ सदस्यिय समिति बनाईएको नितेश घिमिरेले बताउनुभयो । वडाध्यक्ष जगन्नाथ घिमिरेले उद्योगको नया प्लान्ट निर्माणका लागी दिईएको सिफारीस बदर गरी पुनः सार्वजनिक भेला आयोजना गर्न उद्योगलाई पत्राचार गर्ने आश्वासन दिनुभएको समेत उहाले जानकारी दिनुभयो ।
यसबाहेक गत बिहिबार उपमहानगरको वातावरण तथा बिपद् ब्यवस्थापन समितिमा भएको छलफलका क्रममा मंगलबार उद्योगपतिसहित बसेर पिडित स्थानियको मागबारे छलफल गर्ने सहमती भएको छ । स्थानियले नया प्लान्ट निर्माणको सिफारीस बदर, धुलो धुवा नियन्त्रण, स्थानियलाई रोजगारी प्रदान र उद्योगको सामाजिक दायित्व पुरा गर्न माग गरेका छन् ।
उद्योगका कारण पिडित बनेका स्थानिय झण्डै ३ सय घरधुरीका जनतासंग लुकिछिपि नया प्लाण्ट निर्माणका लागी तैयारी भैरहेको भन्दै उनिहरु आक्रोशित बनेका हुन् । धुवा, धुलोका कारण श्वासप्रश्वास सम्बन्धि जटिल समस्याबाट ग्रसित बनिरहेका स्थानियलाई उद्योगले सधै धोका र फोहोर मात्र दिने गरेको अर्का अगुवा घनश्याम बस्नेतले गुनासो गर्नुभयो । आफ्ना समस्याहरुबारे पटकपटक वडा कार्यालयमा जानकारी गराउदा समेत वडाध्यक्ष घिमिरेले उद्योगको फर्जि भेलामा साथ दिदै घरमै बसेर माईन्युट हस्ताक्षर गरेको स्थानियको आरोप छ ।




