पाँचौ बकुलिया भवानीपुर गोल्डकपः आज फाईनल, उपाधीको लागि आयोजक र सर्राली भिड्दै

बारा, चैत्र २३ गते ।

बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आज फाईनल खेल हुने भएको छ । उपाधीको लागि आयोजक जन काल्याणकारी क्लब बकुलिया भवानीपुर र एभेरेष्ट फुटबल क्बल सर्लाही भिड्दै छन् ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा दिनको २ बजे देखी फाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष श्रीराम चौधरीले बताउनु भयो ।

क्वाटरफाईनलमा निजगढलाई र सेमिफाईनलमा पर्सागढिलाई पराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको थियो भने एभेरेष्ट फुटबल क्बल सर्लाहीले क्वाटरफाईनलमा विरगञ्ज युनाईटेड र सेमिफाईनलमा हर्दि युवा समाज चितवनलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान बनाएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको मुख्य सहयोगमा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।