- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा प्रहरीले २० वटा भट्टी सहित २० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ ।
हिजो शनिबार साझ करिव ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले अमलेखगंज स्थित गुरुङ टोलमा अबैध रुपमा संचालन गर्दै आएको घरेलु मदिरा (रक्सी) उत्पादन गर्ने २० वटा भट्टी र मदिरा बनाउने २० हजार लिटर कच्चा पदार्थ नष्ट गरि मदिरा बनाउन प्रयोग गरिने भाडा कुडा ११ थान, मदिरा राख्ने प्लाष्टिकको १०० थान ड्रम समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।



