बारा, वैशाख २२ गते ।
भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभेक्ता समुहले आफ्नै कार्यालयको सभाहलमा आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
समुहको १६ औं वार्षिक साधारणसभामा समुहको वार्षिक प्रदिवेनहरु प्रस्तुत गरिएको थियो । समुहका अध्यक्ष पेशल कुमार मुल्मीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको प्रमुख अतिथि पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षन अधिकृत रामचन्द्र खतिवडा रहनु भएको थियो ।
विभिन्न प्राविधिक समस्याको कारण विगत लामो समय देखी उक्त समुहले काठहरु वितरण नगरेको अवस्थामा अब उक्त प्राविधिक समस्याको सामाधान अन्तिम चरणमा रहेको र अबको केही समयपछि उपभोक्ताहरुलाई काठ वितरण हुने समुहको अध्यक्ष पेशल कुमार मुल्मीले बताउनु भयो ।
यता प्रमुख अतिथि खतिवडाले मध्यवर्ती क्षेत्र अध्यक्ष वा पदाधिकारीको मात्र नभई सम्पुर्ण उपभोक्ताको रहेको हुदा सबै मिलेर वनको गर्नुपर्ने धारणा राखेका थिए । उने भने “वनलाई मासेर काठ वा दाउरा वितरण गर्ने होइन, वनलाई विस्तार गरेर वनको एनलाई पालना गरि काट्न मिल्ने रुखलाई मात्र कटान गरि उपभोक्तालाई काठ वा दाउरा वितरण गर्ने हो” ।
कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, समुहका संस्थापक अध्यक्ष, राधाकृष्ण सामुदयीक वनका अध्यक्ष, मध्यवर्ती सहकारीका अध्यक्ष सहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।



