औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बारा, वैशाख २२ गते ।

औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सन्पन्न भएको छ । बाराको सिमरा स्थित रहेको होटेल इच्छामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी नं. ४० रिजर्भ गण हेड क्वाटर पिलुवा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बारा र पर्सा जिल्लाका उद्योगहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योगमा आइपर्ने आपत्कालिन जोखिमबाट बच्न र प्रकोपीय जोखिमको पुर्व तयारीको विषयमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रमलाई नेपाल आयल निगम प्रादेशिक कार्यालय अम्लेखजञ्ज, विरगञ्ज उद्योग वाणिज्य सघ र नागरिक उड्यन कार्यालय सिमराले सहयोग गरेको थियो ।

आयोजक सशस्त्र प्रहरी नं. ४० रिजर्भ गण हेड क्वाटर पिलुवाका गणपती सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमेरे प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बाराका सुरुक्षा निकार्यका प्रमुखहरु, विरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नागरिक उड्यन कार्यालय सिमराका प्रमुख, नेपोभिट टायल्सका संचालक सहितको उपस्थिती रहेको थियो ।