प्रथम लोहसण्डा गोल्डकपः पर्सागढीलाई स्तब्ध पार्दै, विरगंज सिटी फाईनलमा

बारा, जेठ २४ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ लोहसण्डामा जारी प्रथम लोहसण्डा फुटबल गोल्डकपमा विरगञ्ज सिटि फुटबल क्लब फाईनलमा प्रदेश गरेको छ । बुधबार भएको खेलमा टाई ब्रेकरमा पर्सागढी युवा स्पोटर््स क्लबलाई स्तब्ध पार्दै विरञ्ज सिटि फाईनलमा आफ्नो स्थान बनाएको हो ।

खेल पहिलो हापको ३०औं मिनेटमा बिरगंज सिटिका चतुरधन चौधरीले बिबेकको क्रसमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर बिरगंज सिटिले बढी समय सम्म अग्रतालाई जोगाउन सकेको थिएन। पर्सागढी स्पोर्ट्स क्लबको तर्फ बाट कृपा चौधरीले खेलको ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिले थप गोल गर्न नसके पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

टाई ब्रेकरमा बिरगंज सिटि एफसीले ४–३ को जित निकाल्दै आफुलाई प्रतियोगिताको फाईनलमा प्रवेश गर्यो । खेलको मैन अफ दी मैच बिरगंज सिटिका गोलरक्षक सोमराज चौधरी घोषित भए उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ का वडाध्यक्ष शिवशंकर प्रसाद कुशवाहाले नगद १५ सय, शिल्ड र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा बिहिवार आयोजक समराईज युथ क्लब र बिरगंज युथ एकाडेमी बिरगंज फाईनल प्रवेशको लागि एक आपसमा भिड्ने छ ।

प्रथम लोहसण्डा गोल्डकपको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजार पुरस्कार प्राप्त गर्ने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए । प्रथम लोहसण्डा गोल्डकप मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को कार्यालय रहेको छ ।