प्रथम लोहसण्डा गोल्डकपः आयोजकलाई हराउदै विरगञ्ज युथ एकाडेमी फाइनलमा प्रदेश

बारा, जेठ २४ गते ।

बाराको लोहसण्डामा जारी प्रथम लोहसण्डा गोल्डकप २०८१ मा विरगञ्ज युथ एकाडेमी फाईनलमा प्रवेश गरेको छ । आयोजक सनराईज युथ क्लबलाई हराउदै विरगञ्थ युथ फाईनलको यात्रा तय गरेको हो ।

आयोजकलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्ज युथ एकाडेमीले २–१ को जीत निकालेको थियो । विरगञ्ज युथको जीतमा अमित बछार र सुजल डङोलले समान एक एक गोल गरे ।

प्रतियोगिताको पहिलो हापको ३औ मिनेटमा विरगञ्ज युथका अमित बछारले सुरूवाति गोल गरेका थिए । पहिलो गोल गरेको २० मिनेट नबित्दै विरगञ्ज युथका सुजल डङोगले थप एक गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

यता खेलको ६५औं मिनेटमा आयोजकको तर्फबाट सन्दीप यादवले गोल गर्दै आफ्नो टिमलाई १–२ को अवस्थामा पुर्याएका थिए । आयोजक समराईज युथ क्लबका खेलाडीहरुले थप गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको लोहसण्डा फिल्डमा भएको खेलको मेन अफ दि म्याच बिरगंज युथ एकेडेमीका अमित बछार घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु १५ सय नगद र सिल्ड प्राप्त गरे । उनलाई जीतपुरसिमरा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको फाईनल खेल चैत्र २५ गते शनिबार दिनको ३ बजेबाट लोहसण्डा फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ । उपाधिको लागि विरगञ्ज सिटि फुटबल क्लब र विरगञ्ज युथ एकाडेमी भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजार प्राप्त गर्नेछन् ।