प्रथम लोहसण्डा गोल्डकपको उपाधी बिरगंज युथको पोल्टोमा

बारा, जेठ २६ गते ।

बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । शनिवार भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको हो ।

खेलको पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीका सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाल्फको ३ औं मिनेटमा बिरगंज युथ एकेडेमीका सुजल डङोलले पुनः एक गोल गर्दै आफ्नो टिमलाई २–० ले अग्रता दिलाएका थिए ।

त्यसतै बिरगंज युथ एकेडेमीका आदित्य शाक्य र कृष्ण शाक्यले समान १÷१ गोल गरेका थिए । निर्धारित समयमा बिरगंज सिटिले कुनै गोल फर्काउन नसक्दा युथले सिटि विरुद्ध ४–० को जित निकाल्दै उपाधी माथी आफ्नो कब्जा गरेको हो ।

बिरगंज युथ एकेडेमीले उपाधी जिते संगै नागद ८० हजार रुपैयाँ जितेको हो । उपबिजेता भएको बिरगंज सिटीले ४० हजार रुपैयाँमा चित बुझाउन बाध्य भएको छ ।

बिजेता र उपबिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले पुरस्कार बितरण गर्नु भएका थिए । प्रतियोगिताको म्यन अफ द मैछ बिरगंज युथ एकेडमीका सुजल डङोल घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी बिरगंज सिटीका चतुर्धन चौधरी घोषित भए । सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जेठ १९ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

सनराईज युथ क्लबले खेल समापन समारोहको अवसर पारेर प्रतियोगिता संचालनमा सहयोग गरेका संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।

समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरले खेलकुद क्षेत्रमा थुप्रै लगानी परे लगानी अनुसार प्रतिफल नाअएकोले अब देखि उपमहानगरले विद्यालय खेलकुद क्षेत्रमा लगानी गर्ने बताउनु भयो । प्रथम लोहसण्डा गोल्डकप प्रतियोगिताको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, नेपोभिट टायल्सका संचालक सम्भुनाथ र वडा सदस्य गङा पटेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रथम लोहसण्डा गोल्डकप प्रतियोगिताको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका–८ का वडाअध्य्क्ष शिवशंकर महतो कोईरी,जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, वडा न ८ का वडा सदस्य रुदल सहनी लगाएतको सहभागीता रहेको थियो ।