काठमाडौं, असार ३-
बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयाैँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १६.३ ओभरमा ८ विकेटको क्षतिमा ८६ रन बनाएको छ ।



