चितवन माडीको गोविन्दबस्तीमा एक घण्टामै झण्डै ३४ मिलिमिटर वर्षा

माडी, असार १२

चितवन जिल्लाको माडी नगरपालिकाको गोविन्द बस्ती स्टेसनमा एक घण्टामा सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ । गोविन्द बस्ती स्टेसनमा ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । माडीकै वडा नम्बर ६ कल्याणपुरमा २४.४ मिलिमिटर वर्षा भएको छ ।

गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

महोत्तरीको गौशालामा २१।२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।