काठमाडौं, असार १३-
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
पौडेलका अनुसार नतिजा प्रकाशनमा कमी–कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु, अंकलाई ग्रेडिङमा रुपान्तरण गर्नेलगायत काम सम्पन्न भइसकेको छ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए।
यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्। नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।
उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ। उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन।
यसरी हेर्न सकिन्छ नतिजा
नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए । यसरी थाहा पाउन सकिन्छ नतिजाः




