चितवन, असार १७-
पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ स्थित कटरिया खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
आइतवार बेलुका ५ बजेको समयमा खोलामा माछा मार्न गएका स्थानीय हर्क तामाङको १८ वर्षीय छोरा सोनु तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खोलामा डुबेर अचेत भएको अवस्थामा साथीहरुले तत्काल उपचारको लागि बकुलहर अस्पताल पु¥याएका थिए ।
चिकित्सकले आइतवार साँझ साढे ७ बजे सोनुलाई मृत घोषणा गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको प्रहरीले बताएको छ ।



