- एस.एस. पटेल, बारा ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा दुई मोटरसाइकल ठोक्किदा तीन जनाको भएको छ । गएराति करिब १०:३० बजे समयमा उपमहानगरपालिकाको टांगियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको ज्यान गएको हो।
प्रदेश २-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बारा निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको मृत्यु गएको हो ।
प्रदेश २-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकलको पछाडि सवार ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको बारा प्रहरीले जनाएको छ । तिनै जनाको घटनास्थलमै मृत्य भएको थियो ।




